0 COMMENTS

कल्पना बाेहरा, असार ५ अछाम/आगामि असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागि अछाम जिल्लामा राजनितिक दलले हर्ष उल्लासका साथ मनोनयन दर्ता गराएका छन ।

जिल्लाका १० वटै तहमा प्रमुुख राजनितिक दल नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादि केन्द, राप्रपा नेपाल लगाएतका नेताले बाजा, गाजा, रयाली सहीत आफनो शक्ति प्रर्दशनका साथ मनोनयन दर्ता गराएका छन । अछाम जिल्लामा मंगलसेन नगरपालिका, जयगढी बान्नीगढी गाउपालीका र मेल्लेख गाउपालिकामा नेपाली काग्रेस र नेकपा माओवादि केन्द्र तालमेल गरेर मनोनयन दर्ता गराएका छन । मंगलसेन नगरपालिकामा काग्रेसको तर्फबाट मेयर पदमा चन्द्र प्रसाद ढुुगाना, उपमेयरमा नेकपा माओवादि केन्द्रका रोहीना भण्डारीले मनोनयन दर्ता गराउनु भएको छ ।

नगरपालिकाका बाकी अन्य वडा तहमा पनी पुुरै सहकार्य गरि मनोयन दर्ता भएको बताईएको छ । मंगलसेन नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा पदम बहादुर बोहरा, उपमेयरमा सरिता उपाध्यायले मनोनयन दर्ता गराउनु भएको छ । एमालले १४ वटै वडामा मेयर उपमेयर गरि ७२ जनाको मनोनयन कसैसँग सहकार्य नगरि दर्ता गराएको छ । जिल्लाका १० वटै स्थानिय तहमा नेकपा एमालले भने कसै सँग सहकार्य नगरि एक्लै मनोनयन दर्ता गरएको छ ।

मंगलसेन नगरपालिकामा राष्टिय जनमोर्चा पार्टीले मेयरमा मनोनयन दर्ता गराएको छ । भने राष्टिय प्रजातन्त्र पार्टीले वडा नम्बर ३ र ४ मा सदस्यका लागि मनोयन दर्ता गराएको छ । अछामको साँफेबगर नगरपालिका अन्र्तरगत नेपाली कांग्रेसको तर्फबाट मेयरमा ध्वज बहादुर कुवर र उपमेयरमा रुपा आउजी, नेकपा एमालेको तर्फबाट कुल बहादुर कुवर र उपमेयरमा बिर्मला बुडथापा र माओवादी केन्द्रबाट मेयरमा खकेन्द्र ओड र उपमेयरमा बैजन्ती कुवर राप्रपा पार्टीबाट मेयरमा राजमती कुुवर र उपमेयरमा विक्रम कुवरले मनोनयन दर्ता गराउनु भएको छ । साफेबगर नगरपालिकाबाट नेपाली काँग्रेस निकट नेपाल किसान सँघका जिल्ला अध्यक्ष ललित बहादुर कुँवरले मेयर पदमा स्वतन्त्र उम्मेद्धारी दर्ता गराउनु भएको छ ।

पन्चदेवल विनायक नगरपालिकामा काग्रेसको तर्फबाट मेयर पदमा देवराज देवकोटा, उपमेयर अम्बीका चलाउने, एमालेको तर्फबाट मेयरमा नन्द बहादुर कडायत, उपमेयरमा लक्ष्मी बोगटी, माओवादि केन्द्रका तर्फबाट मेयरमा अक्कल रावलले मनोनयन दर्ता गराएका छन । एमाले र माओवादिले मनोनयन दर्ता गराएका छन । कमलबजार नगरपालिकामा पनी असार १४ गतेको निर्वाचनका लागि नेपाली काग्रेसको तर्फबाट मेयरमा ओम प्रकाश बिष्ट, उपमेयर भुुमिसरा बजगाई, नेकपा एमालेको तर्फबाट मेयर दिपक अधिकारी, उपमेयर मना अधिकारी नेकपा माओवादि केन्द्रबाट मेयर रण बहादुर बिष्ट, उपमेयरमा रक्षा अयडि राप्रपाबाट मेयरमा डबल बिष्ट, उपमेयरमा शान्ती शाही, नेमकिपा बाट मेयरमा जक्ति राम जैशी नयाँ शक्तिबाट धन बहादुर थापाले मनोनयन दर्ता गराउनु भएको छन । कमलबजार नगरपालिकाबाट मेयरपदका लागि सुरेन्द्र बिष्टले आफनो स्वतन्त्र उम्मेद्धारको लागि मनोनयन दर्ता गराउनु भएको छ ।

 ढकारी गाउपालिकामा राप्रपाले अध्यक्षमा शिवराज उपाध्याय र उपाध्यक्षमा उर्मिला रिमालको मनोनयन दर्ता गराएको छ । गाउपालिकाको वडा नम्बर ६ ढुुगाचाल्ना बाट मोती सीह बुढाले ५ जनाको नेतृत्व नै स्वतन्त्र उम्मेद्धारि घोषणा गरिएका छन्। ढकारीमा नेपाली काग्रेसको तर्फबाट अध्यक्षमा धन बुुढा, उपाध्यक्षमा लक्ष्मी साउद, नेकपा एमालेको तर्फबाट अध्यक्ष नवराज साउद, उपाध्यक्षमा हेमा शाही र नेकपा माओवादि केन्दको तर्फबाट अध्यक्षमा तुुलाराम उपाध्याय, उपाध्यक्षमा उर्मिला कुमारी रिमालले मनोनयन दर्ता गराएका छन्। उता हाम्रो मेल्लेख गाउपालिकामा एमालेले पहीले मनोनयन दर्ता गराएको छ भने काग्रेस र माओवादि केन्द्रले तालमेल गरि आफनो मनोनयन दर्ता गराएका छन ।

एमालेको तर्फबाट अध्यक्षमा डम्मर नेपाली, उपाध्यक्षमा समिता महर साउद र काग्रेस र माओवादिको सयुक्त रुपमा अध्यक्षमा लोक बहादुर बोहरा र उपाध्यक्षमा धन बहादुर शाहको मनोनयन दर्ता भएको छ । जिल्लाको चौरपाटी गाउपालिकामा नेकपा एमालले सुरुमै मनोनयन दर्ता गरायो भने त्यसपछी क्रमश नेपाली काग्रेस र माओवादि केन्द्रले मनोनयन दर्ता गराएका थिए । उता पर्यटकिय क्षेत्र पर्न रामारोशन गाउपालिकामा नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादि केन्द्रले मनोयन दर्ता गराएकाे छ । जयगढ बान्नीगढी गाउपालिकामा नेकपा एमालले सुरुमै मनोनयन दर्ता गराएको हो भने सहकार्य गरेका नेपाली काग्रेस र माओवादि केन्द्रले त्यसपछी मनोनयन दर्ता गराउनु भएको थियाे । एमालेका तर्फबाट अध्यक्षमा कमल तिमिल्सैना, उपाध्यक्ष निर्मला रावल र काग्रेस र माओवादिको सयुक्त सहकार्यमा अध्यक्षमा राजेन्द्र खड्का र उपाध्यक्ष लोकन्द्र साउदले मनोनयन दर्ता गराउनु भएको छ ।

 तुर्माखाद गाउपालिकाको पुर्ण रुपमा विवरण हामिलाई प्राप्त नभएपनी मनोनयन दर्ता प्रक्रिया शान्ति पुर्ण तरिकाले सम्पन्न भएको खबर रहेको छ । आज जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको र जिल्लामा अहिले सम्म कुनै पनि अप्रिय घटनाहरु नभएको प्रमुख जिल्ला अधिकारी शकर विष्टले बताए । मनाेनयन दर्ता शान्त वातावरणमा भएको जिल्ला निर्वाचन अधिकृत चुडाराज सापकोटाले बताए । साँफेबगर नगरपालिकामा ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका मा १८५ मतदान स्थल र १ लाख २७ हजार ७ सय ४२ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।