0 COMMENTS

लण्डन ४असार०७४/ भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको छ ।
आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो ।जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमा सिमित भयो ।

भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिए ।कुनै समय ५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए ।उनीबाहेक कसैले ठूलो स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो ।उनलाई अर्को ओपनर अजहर अलीले ५९ रन बनाउँदै राम्रो साथ दिए ।दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे ।अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हाले ।

पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्डेयको बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हिर्काए ।

आजमले ४६ रनको योगदान दिए ।खेलको अन्त्यतिर मोहमद हाफिजले तिव्र गतिमा ४ चौका र ३ छक्का हिर्काए ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे ।भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।