0 COMMENTS

काठमाण्डाै ४असार०७४/  बिभिन्न ब्यक्तिहरूलाई सुन्दर युवती मार्फत Honey Trap बनाई CIB को प्रहरी हौ भन्दै नियन्त्रणमा लिई अपहरण तथा शरिर बन्धक बनाई यातना तथा फिरौति लिने गिरोह सकृय रहेको सुचनाको आधारमा  अनुसन्धान पश्चात गिरोह मध्येका का.जि.का.म.न.पा-९ बत्तिस पुतलीबाट कुविन भन्ने कोल बहादुर थापा मगर तथा शरू के.सी भन्ने आसिका परियारलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्ज बाट खट्टिएकाे टाेलीले पक्राउ गरी  सोही मुद्धाका मुख्य सदस्य  कामरेड कुमार, रोसन, कुमानन्द भन्ने कोमानन्द खड्का र नविन कुमार राई अपहरण तथा शरिर बन्धक मुद्धामा हाल पुर्पक्षको लागी नख्खु कारागारमा थुनामा रहेको निजहरू उपर आवश्यक अनुसन्धान भईरहेको।

अनुसन्धानबाट खुलेका कुराहरू:-

 यस गिरोहमा संलग्न व्यक्तिहरू बिभिन्न जघन्य अपराधमा सजाय भोगेका, फरार रहेका साथै सजाय भोगे पश्चात समेत पुन जघन्य अपराधिक कार्यमानै संलग्न रहेको पाईएको।

 यस गिरोह कारागारमा सजाय भोगिरहेकै अवस्थामा समेत अपराधिक कार्य योजना बनाउने गरेको।

 यस गिरोहले सुन्दर युवतीहरुको प्रयोग गरी बिभिन्न व्यक्तिहरूलाई Honey Trap मा पारी अपहरण तथा शरिर बन्धक बनाई यातना तथा कुटपिट गरी फिरौति लिने गरेको।

 यस गिरोहले CIB को प्रहरीको Dysp, Inspector, S.I., Head Constable समेत हौ भनी हतकडी लगाई पेस्तोल देखाई डर धम्की देखाउने गरेको।

 यस गिरोह मध्ये कोमानन्द खड्काले सम्पुर्ण कार्ययोजना तयार गर्ने र नविन, कोल बहादुर र आसिकालाई समेत कार्य गर्न लगाउने।

 कोमानन्द, नविन र कोल बहादुरहरूले क्रमश CIB को प्रहरीमा सई, प्रहरी हवल्दार आदीको भुमिका गर्ने गरेको।

 पिडित ब्यक्तिहरूलाई नियन्त्रणमा लिई एक स्थानबाट अर्को स्थानमा लैजादा पिडितले सो स्थान पहिचान नगरोस भनि कालो चस्माको भित्र कालो टेप लगाई बाहिर नदेख्ने गरी लगाई दिने गरेको।

 

 यस गिरोहरले एउटा घटनामा प्रयोग गर्ने गरेको मोवाईल, सिम अर्को घटनामा प्रयोग गर्ने नगरेको।

 निजहरूबाट धैरै मात्रामा मोवाईल फोनहरू, बिभिन्न सिमहरू, बिभिन्न ब्यक्तिहरूको नागरिकताको प्रतिलिपीहरू आदी वरामद भएको।

 निजहरूले आफ्नो नामको सिमकार्ड प्रयोग नगरी अन्य व्यक्तिहरूको नामको मोवाईल सिम कार्ड प्रयोग गर्ने गरेको।

अपराधिक पृष्ठभूमी:-

१. कम्रेड कुमार, रोसन, कुमानन्द भन्ने कोमानन्द खड्का 

स्थायी ठेगाना:- जिल्ला दाङ सैघा-०६ घर भई

हाल:- का.जि. शंखमुल बस्ने

भुमिका :- मुख्य अपराधिक योजना बनाउने CIB को प्रहरी S.I बन्ने

o मिति २०७३ सालमा अमेरिकन एम्बेसीको कर्मचारीलाई अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सिन्धुलीका निर्माण व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा न्यूरोडको एक ब्यापारीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सि.पा.को कन्टेनर व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०५९।०२।२१ गते कर्तव्य ज्यान मुद्धामा १० बर्ष जेल सजाय काटेको

२. नविन कुमार राई

स्थायी ठेगाना:- जिल्ला भोजपुर छिनामखु-०२ घर भई

हाल:- भक्तपुर जिल्ला जगाते सिपाडोल

भुमिका :- अपहरण तथा अपराधीक कार्यमा CIB प्रहरीको प्रहरी हवल्दार बन्ने

o मिति २०७३ सालमा अमेरिकन एम्बेसीको कर्मचारीलाई अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सिन्धुलीका निर्माण व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा न्यूरोडको एक ब्यापारीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सि.पा.को कन्टेनर व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

३. कुविन भन्ने कोल बहादुर थापा मगर

स्थायी ठेगाना:- जिल्ला रामेछाप गौस्वारा-०४ घर भइ

हाल:- का.जि. का.म.न.पा.-०९ पुरानो बानेश्वर बत्तिस पुतली

भुमिका :अपराधिक कार्यमा सहयोग गर्ने CIB को सिपाही बन्ने।

o मिति २०७३ सालमा अमेरिकन एम्बेसीको कर्मचारीलाई अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सिन्धुलीका निर्माण व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा न्यूरोडको एक ब्यापारीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सि.पा.को कन्टेनर व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

 

४. शरू के.सी. भन्ने आसिका परियार

स्थायी ठेगाना:- जिल्ला दाङ घोराही-०३

हाल:- का.जि. का.म.न.पा.-०९ पुरानो बानेश्वर बत्तिस पुतली

भुमिका :-अपराधिक कार्यमा पिडितहरूलाई फोन मार्फत फकाउने।

o मिति २०७३ सालमा अमेरिकन एम्बेसीको कर्मचारीलाई अपहरण गर्ने कार्यमासंलग्न

o मिति २०७३ सालमा सिन्धुलीका निर्माण व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा न्यूरोडको एक ब्यापारीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सि.पा.को कन्टेनर व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

 

५.CIB को Dyspभन्ने फरार प्रतिवादी

o मिति २०५९।०२।२१ गते कर्तव्य ज्यान मुद्धामा १० बर्ष जेल सजाय काटेको

o मिति २०७३ सालमा अमेरिकन एम्बेसीको कर्मचारीलाई अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सिन्धुलीका निर्माण व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा न्यूरोडको एक ब्यापारीको अपहरण गर्ने कार्यमा संलग्न

o मिति २०७३ सालमा सि.पा.को कन्टेनर व्यवसायीको अपहरण गर्ने कार्यमा संलग्न

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।