0 COMMENTS

 

राम बहादुर तामाङ

काठमाण्डाै ४,असार०७४/  जिउ मास्ने बेच्ने मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६७ जेष्ठ२४ गतेको फैसलाले नुवाकोट जिल्ला  साल्मे गा.वि.स.वडा नं. ५ स्थायी वतन भई हाल चितवन जिल्ला खैरेनी वडा नं. -१३ बस्ने राम बहादुर तामाङलाई १५ (पन्ध्र) वर्ष कैद र १७,०००।– (सत्र हजार) जरिवाना हुने ठहर भएको र उक्त सजाय वेरुजु भई हालसम्म फरार रहेकामा निज राम बहादुर तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले मिति २०७४/०३/०३ गते खैरेनी, चितवनबाट पक्राउ गरी फैसला कार्यनवयनको लागि धादिङ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार शाखा धादिङमा पठाईएको छ ।

निज राम बहादुर तामाङ्गले बिवाह गर्छु भनी ललाई फकाई एक महिलालाई मिति २०४८/०९/२१ गते धादिङ्ग जिल्लाबाट लीई हिडेको र निज समेत अन्य तिन जना प्रतिवादीहरु मिली निज महिलालाई झुक्याई चितवनको नारायणघाट हुदै कन्चनपुरको वनवासा नाकाबाट भारतको बम्बई स्थित वेश्यालयमा पु-याई रु १७,०००/- मा बिक्रि गरी प्राप्त रकम तिनैजनाले बांडी लगेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।