0 COMMENTS

काठमाडौ ४,असार०७४/ राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराए । एमाले प्रवेश गरेकी यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् ।

यादवको २०६६ माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपाको सक्रिय राजनीतिमा आइन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा ५ को उम्मेदवार भएकी थिइन् । तर, १० हजार मत ल्याएकी अनिता यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा एवं कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।