0 COMMENTS

कल्पना बोहरा,४ असार०७४/निर्वाचन आयोगले दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएकोे जनाएको छ । निर्वाचनको लागि आज विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग अपील गर्नुर्भएको छ । दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुनेछ । जसमा बिराटनगर महानगरका साथै ७ उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने छन् । १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् ।

मतदान कार्यमा सुरक्षा कर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् । ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको आयोगले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । दोश्रो चरणको निर्वाचन असार १४ गते हुदैछ ।
यसैबीच आयोगले प्रमुख दलहरुलाई चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगले जनाएको छ । आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।