0 COMMENTS

भक्तपुर ४, असार०७४/भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ ।गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी रहेका छन् ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।