0 COMMENTS

कल्पना बोहरा, अछाम ४,असार/स्थानीय तहको दोस्रो निर्वाचनका लागी अछाममा ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदान स्थल र १८५ वटा मतदान केन्द्र रहेको अछाममा ६६ वटा स्थल संवेदनशील र १६ मतदान स्थल सामान्य रहेको जनाइएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकर वहादुर विष्टले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्टले बिकट, तथा सडकको पहुच नभएका तथा टेलिफोन नेटवर्क नरहेका मतदान स्थलमा हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको वताउनु भयो । जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न ठाउमा शशस्त्र प्रहरीका वेस क्याम्प खडा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।