0 COMMENTS

काठमाडौँ ३,असार०७४/ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदा जीर्णोद्धार चाँडो गरिने बताएको छ ।

ज्यापू महागुठी महानगर कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले सम्पदास्थल महानगरको पहिचान भएको बताउँदै विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई प्राथमिकता दिइने बताए ।

महानगरमा बढ्दै गएको प्रदूषण, धुवाँ र धुलोबाट नगरवासीलाई मुक्त पार्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोलले मापदण्ड विपरीत अव्यवस्थित रुपमा सञ्चालित सवारी साधनलाई प्रतिबन्ध गरी सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गर्न सुझाव दिए ।

काठमाडौँ उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरलाई स्वच्छ तथा हरियाली बनाउने र युवा सशक्तीकरणका कार्यक्रम ल्याई उद्यमशीलका योजना कार्यान्वयन गरिने बताए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराजा महर्जनले प्राचीन महत्व बोकेका सम्पदा तथा स्मारकको संरक्षण तथा प्रवद्र्धन गर्न प्रमुख र उपप्रमुखलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।