0 COMMENTS

काठमाडौं३,असार०७४/ दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको गोजमोका सचिव विनय तामाङले बताएका छन् ।

घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि भएको छैन । सुरक्षा अधिकारीहरुले उनको मृत्यु भएको बताएका थिए । तर, पश्तिम बंगालका मुख्यमन्त्री ममत बनर्जीले उनी जिवितै रहेको तर, उनको अवस्था गम्भीर रहेको बताएका छन् । यद्यपि दार्जीलिङ पोष्टले मृतकको संख्या ५ पुगेको बताएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।