0 COMMENTS

काठमाडौं ३, असार०७४/ दाङमा आज अज्ञात समूहले निर्वाचन सामाग्री लुटिएको छ । शान्तिनगर गाउँपालिका ३ को भलानेटीबाट निर्वाचन सामाग्री लुटिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता शिक्षाका लागि गाउँ छिरेका दुई स्वयमसेवक सँग रहेको निर्वाचन सामाग्री लुटिएको हो । स्वयमसेवक विपना खड्का केसी र गीता भण्डारीको साथबाट मतदाता नामावली, निर्वाचनमा प्रयोग हुने विभिन्न चेतामुलक सामाग्री, आचारसंहिता, नमुना मतपत्रलगायतका सामाग्री लुटिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले जानकारी दिए ।त्यस क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभाव रहेकाले लुटपाटमा उनीहरुकै संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।