0 COMMENTS

काठमाडौं३, असार०७४/ कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख र उप्रमुखको उम्मेदवारी पार्टी केन्द्रले टुंगो लगाएको हो । प्रदेश नम्बर २ मा निर्वाचन नै २ असोजका लागि सरेपछि अब केही समयपछि मात्रै सबै उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने तयारी कांग्रेसको छ ।

एमालेद्वारा तीनवटै प्रदेशका उम्मेदवारको सूची सार्वजनिक
स्थानीय तहको दोस्रो निर्वाचनका लागि एमालेले तीनवटै प्रदेशमा उम्मेदवारको सूची सार्वजनिक गरेको छ । गाउँपालिका र नगरपालिकाका उम्मेदवार प्रदेश कमिटी तथा उपमहानगर र महानगरको उम्मेदवार स्थायी कमिटीले टुंगो लगाएको केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले बताए । विराटनगर महानगरपालिकामा एमालेले संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपालसँग तालमेलका विषयमा छलफल चलाइरहेको छ ।

माओवादी केन्द्रले पनि उम्मेदवार टुंग्यायो
माओवादी केन्द्रले पनि दोस्रो चरणमा निर्वाचन हुने तीनवटै प्रदेशका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको छ । प्रदेश नम्बर ५ का तराई क्षेत्रमा पर्ने केही तहमा मात्रै टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले बताए । माओवादीले स्थानीय आवश्यकताअनुसार केही स्थानीय तहमा अन्य पार्टीहरूसँग चुनावी तालमेल पनि गरेको छ । प्रदेश नम्बर ७ का ८८ वटै स्थानीय तहमा भने एक्लै चुनावमा उत्रिने माओवादीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।