0 COMMENTS

काठमाडौं २ असार०७४/सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि आधिकारिक निर्णय गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज बस्दैछ । आन्दोलनका लागि जिल्लामा रहेका अध्यक्ष मण्डलका सदस्यहरु काठमाडौं आएपछि दिउँसो बैठक बस्ने राजपाका नेता केशव झाले बताए ।

बैठकले सरकारको निर्णयका बारेमा औपचारिक धारणा सार्वजनिक गर्नेछ । स्रोतका अनुसार सरकारले ५ नम्बर प्रदेशको चुनाव नसारेकाले आज बस्ने बैठकले आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गर्नेछ ।

सरकारले राजपा नेतासँगको सहमतिमै चुनाव सार्ने निर्णय गरेको बताएपनि राजपाका नेताहरुले भने सरकारले गलत प्रचार गरेको आरोप लगाएका छन् । सरकारले षड्यन्त्रमूलक ढंगले एकलौटी निर्णय गरेको भन्दै चुनावमा जान नसकिने राजपाका नेता मनिष सुमनले बताए ।

सरकारले हिजो राजपा नेताहरुसँगको छलफल पछि प्रदेश नम्बर २ को चुनाव असोज २ गतेलाई सार्ने निर्णय गरेको थियो । बाँकी ३ प्रदेशको असार १४ गते हुने चुनावमा राजपालाई उमेद्बारी दिन सहज होस भनेर आजका लागि तोकिएको उमेद्बारी दर्ता पनि पर्सि ४ गतेका लागि सारिएको छ ।जति गर्दा पनि राजपा चुनावमा नआउने भएपछि असार १४ को चुनाव पनि अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।