0 COMMENTS

चटगाउँ (बङ्गलादेश)१ असार ०७४/ दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ ।

एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ ।

संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको बताइएको छ ।

पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता दिएको र हराएकाको खोजीलाई स्थगित गरेको स्थानीय अग्नीनियन्त्रक प्रमुख दिदारुल अलामले एएफपी समाचार समितिलाई बताएको छ ।

पहिरो प्रभावित इलाकामा १।२ मिटरसम्म हिलोमाटो जमेर रहेको र सो माटोमा शवहरु पुरिएको पुष्टि नभएको स्थानीय बासिन्दाले जानकारी दिएपछि खोजी कार्य रोकेको अलामले जानकारी दिएका छन् ।

बङ्गलादेशको इतिहासमा करिब एक दशक अघि गएको पहिरोमा १२७ व्यक्तिको मृत्यु भएको थियो । त्यसपछिको बाढी प्रकोपको यो नै भीषण भएको बताइएको छ ।

पहिरोले अत्यन्त प्रभावित रन्गामति जिल्लाका आदीवासी समुदायका नेता विजोय गिरी चक्माले एएफपीलाई दिएको जानकारी अनुसार यस प्रकार पहिरोले क्षति पुग्नुमा अव्यवस्थित रुपमा भवन निर्माण र ठूलो परिणाममा रुखहरु कटानी रहेको छ ।

उनले भने – मानवले नै निम्याएको यस प्रकोपलाई प्राकृतिक प्रकोपको नाम दिइएको छ जुन राम्रो होइन ।

पहिरो प्रभावित पहाडी जिल्लाका चार हजार पाँच सय व्यक्ति विस्थापित भई १८ वटा शिवीरमा बसोबास गरेका बताइएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।