0 COMMENTS

लण्डन१ असार०७४ / मंगलबार पश्चिमी लण्डनको एउटा २४ तले भवनमा भएको आगलागीमा अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
लामो प्रयासपछि आगो नियन्त्रणमा आए पनि धुँवा उठ्न नछाडेको स्थानीय प्रहरीले जनाएको छ । १२ जनाको मृत्यु भएको पुष्टि भए पनि मृतकको संख्या बढ्न सक्ने प्रहरीको आशंका छ । आगो नियन्त्रणमा लिन ४५ दमकल र कम्तीमा २५० जना अग्नि नियन्त्रक प्रयोग गरिएको थियो ।
आगलागीमा घाइते भएका ६८ जनाको अहिले लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १८ बढीको अवस्था गम्भीर रहेको बताइएको छ।
ग्रेनफेल टावरमा आगो कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म पनि स्पष्ट भइसकेको छैन । यस विषमा अध्ययन भइरहेको लण्डन प्रहरले जनाएको छ।

भवनमा अचानक आगो लागेपछि कयौले जल्दै गरेको भवनबाट भागेर ज्यान बचाएका थिए । कतिपयले आफू मरे पनि सन्तान बचाउने उद्देश्यले छोराछोरीलाई झ्यालबाट फ्याकेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार जलिरहेको भवनबाट फ्याँकिएका बच्चा तल रहेकाहरुले समातेका थिए ।
चलिरहेको भवनको फेदमा उभिएकी प्रत्यक्षदर्शी समीरा लामरानीका अनुसार ९औं र १०औं तलाबाट एक महिला आफ्नो बच्चा फ्याँक्न इशारा गरिरहेकी थिइन् । उनका अनुसार इशारासँगै महिलाले बच्चा फ्याँकिन्, तल भिडमा रहेका व्यक्तिले दौडिएर बच्चा बचाएका थिए ।
यो टावर पश्चिमी लण्डनको लाटिमर सडकमा रहेको छ । यो टावरको निर्माण सन् १९७४ मा भएको थियो । एक करोड पाउन्ड लागतमा टावर निर्माण भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।