0 COMMENTS

काठमाडौं ३१जेठ ०७४/ घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्षहरुलाई स्वागत गर्दै यस क्षेत्रको प्रवद्र्धनका लागि ध्यानाकर्षण गराएको छ ।

महासंघले बुधबार राजधानीमा कार्यक्रम गरी निर्वाचित जनप्रतिनिधिहरुलाई लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, विकास र स्थानीय व्यापारको सुदृढिकराण गरी समृद्ध नगर बनाउनका लागि स्थानीय निकायले गर्नुपर्ने कामहरुकाबारे ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जनप्रतिनिधिहरुलाई स्वागत गर्दै यस क्षेत्रका विद्यमान ऐन–कानुनहरुबारे विस्तृत् जानकारी गराउँदै महासंघ सहकार्यका लागि तयार रहेको जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।