0 COMMENTS

काठमाडौं १ असार०७४/मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारका अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ ।
राजपा नेता महन्थ ठाकुरलाई प्रेषित पत्रमा निर्वाचन बहिस्कार गर्नुको साटो त्यसलाई प्रयोग गरी ‘कालो संविधान २०७३’ सदाका लागि फ्याँक्ने रणनीतिमा लाग्न आग्रह गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

पत्रमा राउतले ५० प्रतिशतभन्दा बढी मत अवैध घोषणा गराउने वातावरण बनाउन निर्वाचनमा जानु उपयुत्तः भएको बताएका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतले जेठ २८ गते ठाकुरलाई तीन पृष्ठको तीनबुँदै सुझावसहित पत्र पठाउँदै मतपत्रमा कष्ठबाहिर छाप लगाउँदै निर्वाचनको सक्रिय बहिस्कार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।