0 COMMENTS

काठमाडौं३१, जेठ०७४/गृहमन्त्री जर्नादन शर्माले निर्वाचनमा हुने जस्तोसुकै सुरक्षा चुनौति सामना गर्न गृहमन्त्रालय तयार रहेको बताएका छन् । गृह मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले हर चुनौति सामना गरी शान्तिपूर्ण रुपमा निर्वाचन गराउने दायित्व सरकारले पूरा गर्ने स्पष्ट पारे ।असन्तुष्ट पक्ष सहभागि नभएपनि निर्धारित मितिको निर्वाचन गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा गृहमन्त्री शर्माले गृहप्रशासनमा आफूले हस्तक्षेप नगरी राजनीतिक नेतृत्व गर्ने र सुरक्षा संगठनलाई अनुशासित बनाएर सिपाहीको मनोबल उकास्ने गरी काम गर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।