0 COMMENTS

काठमाडौं,३१जेठ ०७४/ ‘रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा दुई वर्षअघिको भूकम्पका कारण रगतको माग बढेको र स्वयंसेवी रक्तदाताको सहयोगले नेपालमा रगतको दीगो व्यवस्थापन गर्न सकिएको भन्दै सहयोगी सबैलाई धन्यावाद दिएको छ ।

डब्लुएचओले भविष्यमा आउन सक्ने विपत्तिको अवस्थामा तयार रहनका लागि रक्तदानका लागि अहिले नै अग्रसर हुन सबैसँग आग्रह गरेको छ ।

विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभूत माग पुग्ने गरेको छ ।

यस्तै अहिले विश्वका ५७ देशमा मागको शतप्रतिशत रगत स्वयंसेवी रक्तदाताबाट संकलन हुने गरेको छ ।

महिला, बालबालिका तथा वृद्धवृद्धामा रगतको माग बढी हुने भएकाले उनीहरुलाई रगतको पहुँचमा राख्न सबैले जोड दिनुपर्ने डब्लुएचओले जनाएको छ ।

सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।