0 COMMENTS

काठमाडौँ ३१ जेठ ०७४/ काठमाडौंको सीतापाइलास्थित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा माटोले पुरिएर तीनजना मजदुरको मृत्यु भएको छ।

बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पुर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान गएको महानगरीय प्रहरी वृत स्वयम्भुका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।मृत्यु हुनेमा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम र पर्वतका तेजबहादुर केसी रहेका छन् ।ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको डिएसपी शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।