0 COMMENTS

लण्डन३१,जेष्ठ०७४/  दक्षिण लण्डनको टावर ब्लकमा भएको आगोलागीमा परेका ५० जनालाई उपचारका लागि अस्पताल लगिएको छ । आगोलागीमा परि कयौं मानिसहरुको मृत्यु भएको स्थानीय अग्नि नियन्त्रक प्रमुखले जनाएका छन् ।टावरभित्र असंख्य मानिसहरु फसेको अनुमान गरिएको छ । नर्थ केन्सीङ्टनमा रहेको ग्रेनफेल टावरमा अग्नि नियन्त्रकहरु आगो नियन्त्रणका लागि जुटिरहेको बीबीसीले उल्लेख गरेको छ । जहाँ सयौं मानिसहरु जिँउदै रहेको अपेक्षा गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार घरभित्र मानिसहरु फसिरहेका छन् । बीबीसीका संवावदाता आन्डी मुरेका अनुसार २४ तले उक्त गगनचुम्बी भवन भत्कन सक्ने डरले त्रास पैदा गरेको छ ।

प्रत्यक्षदर्शीहरुले भवनको सबैभन्दा माथिल्लो फ्ल्याटमा मोवाइल फोन वा टर्च लाइटको प्रकाश देखेको र भवन फसेका बासिन्दाहरु झ्यालमा देखेको बताएका छन् । प्रहरीले उक्त भवनका कसैको साथी वा परिवार रहेको भए जानकारी गराउँनका लागि आकस्मिक सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।

घटनास्थलमा लन्डन एम्बुलेन्स सर्भिसका २० एम्बुलेन्स खडा खरिएको छ भने अस्पतालमा भर्ना गरिएका ५० जनाको स्वास्थ्य अवस्था कस्तो भन्नेबारे केही नखुलेको बीबीसीले उल्लेख गरेको छ ।आगलागी भएको ३ घण्टापछि भवनमा रहेका मानिहरु निरन्तर बाहिर निस्कन सफल भएको निस्कन सफल भएको प्रहरीले जनाएको छ । सातौ तलामा बसेका पाउल मुनाक बाहिर निस्कन सफल भएका छन् ।

उनले बीबीसीलाई भनेका छन्–‘जब म भ¥याङबाट झर्दै थिँए, मैले अग्नि नियन्त्रकहरु देखेँ, अच्चम लाग्दो तरिकाले उनीहरु माथि चढिरहेका थिए, आगो भएतिर, संभव भएसम्म भवनका सबै मानिसहरुलाई निकाल्न खोजिरहेका थिए ।’उनले आगो देखेर वा अर्लामबाट नभई बाटोबाट तल झर भनेर चिच्याएको आवाजबाट सचेत भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने–“आगोको लप्काबिचबाट कोही बाहिर निस्किएको बारे मलाई थाहा छैन, तर मलाई लागेको मुख्य कुरा यो घटनाका क्रममा भवनमा आगो लागेको अर्लाम बन्द गर्न हुँदैनथ्यो ।अर्का प्रत्यक्ष्यदर्शी जोडे मार्टिनले भने–मैले एउटा मान्छे झरिरहेको देखेँ, अर्की महिला आफ्नो बच्चा लिएर झ्यालमा थिइन्, चिच्याइरहेको सुनेँ ।

सबैजनालाई तल झर भनेर म बेस्सरी चिच्याँए र उनीहरुले भने–‘हामी हाम्रो अपार्टमेन्ट छोड्न चाँहदैनौँ, खराब धुवाँले कोरिडोर भरियो ।’
बीबीसीका पत्रकार आन्डी मुरेले भवनको भग्नावशेस खसिरहेको, बिष्फोटको आवास र ग्लास पड्किएको आवाज सुनेको उल्लेख गरेका छन् । भवन ध्वस्त भएर लड्ने डरले प्रहरीको समूहले स्थानीय समुदायलाई पछाडि धकेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।