0 COMMENTS

काठमाडौं, ३१ जेष्ठ२०७४ । गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा सप्तरीमा सेनाले निगरानी बढाएको छ । तराईका विभन्न जिल्लामा राजपाका नेता तथा कार्यकर्ताले उत्पात मच्चाउन थालेपछि सप्तरीमा गृहमन्त्रीको ठाडो निर्देशन मा सेनाले निगरानी बढाएको समाचार स्रोत बताउँछ ।

तर यसबारेमा सेनाले मुख खोलेको छैन् । यससँगै राजविराजमा नेपाली सेनाले आफ्नो उपस्थिति बढाएको छ ।सप्तरी सदरमुकाम राजविराजमा राजपाले बुधबार सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । स्थानीय प्रशासनले सेना परिचालनबारे औपचारिक रुपमा केही भनेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।