0 COMMENTS

 जेठ ३१, २०७४ गाजरी(बैतडी) सिगास गाउँपालिका–१ टकौराकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी आइन्। शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन्। उनका श्रीमानसहित आफन्त बाहिर प्रतीक्षामा थिए । अनमीले छोरी जन्मेको सुनाउनेबित्तिकै विमला बेडमै बेहोश भइन्। श्रीमान् जीतबहादुर छेउमा गएर धुरुधुरु रुन थाले।२६ वर्षीया विमला छैटौं सन्तान पनि छोरी जन्मिएको सुन्दा बेहोश भएकी थिइन्। उनकी जेठी छोरी अहिले ९ वर्ष पुगिन्।

राति संयोगले स्वास्थ्यचौकीमै बास बसेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थी र सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य विमला बेहोश भएको खबर पाएपछि सोचमग्न भए। डाक्टरले सम्झाएपछि श्रीमान् रुन छोडे। विमलालाई एक घण्टापछि होश आयो। छोराको आशमा उनले ज्यान जोखिममा राखेर उनले छैटौंपटक गर्भधारण गरेकी थिइन्। बैतडीमा छोराको आशमा बढी सन्तान जन्माउने धेरै छन्। अन्य क्षेत्रको तुलनामा च्वागढ र डिलासैनीमा छोरा नभई नहुने मान्यता छ। अन्धविश्वास, सामाजिक प्रतिष्ठा र दबाबका कारण छोराको आशमा बर्सेनि गर्भधारण गर्ने तथा कतिपयले बहुविवाहसमेत गर्दै आएका छन्।

२३ वर्षदेखि अनमी रहेकी गादावरी ढाटका अनुसार छोरा नजन्मेसम्म गर्भधारण गर्ने महिलाको संख्या धेरै छ। ‘कसैले ४\५ सन्तानसम्ममा छोरा नभए अर्को बिहे गर्छन्’, उनले भनिन्, ‘छोराको आशमा १३\१४ सन्तान जन्मिएका पनि छन्।’ उनका अनुसार ७\८ पटक गर्भधारण गर्नु यहाँ सामान्य हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।