0 COMMENTS

काठमाडौं३१,जेठ २०७४ / नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ। गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको हो। शर्माले सडकका आवश्यक सबै ठाउँमा जेब्रा क्रसिङलगायत भौतिक पूर्वाधार निर्माण नभएकाले तत्कालका लागि जरिवाना नअसुल्न उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङमार लामालाई निर्देशन दिएका हुन्। जेठ १६ देखि ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट र आकाशेपुलबाट बाटो नकाट्ने पैदलयात्रीलाई जरिवानास्वरुप २ सय रुपैयाँ र पैसा नहुनेलाई ३ घण्टा सचेतना शिक्षा दिने अभियान सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।