0 COMMENTS

नुवाकोट, ३१ जेठ ०७४/मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई यस सिजनमा २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ ।
सहकारीमार्फत हजारौं किसानलाई वितरित मकैको विउको रामैो उमार भएका कारण राम्रो फलसमेत लाग्ने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत डा. कमलराज गैरेले वृहत्तर मध्यपहाडि मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार पांच सय किलोग्राम उन्नत मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरिएकोमा उमार तथा दाना राम्रोसंग लागेको वताउनुभयो । ८५ रुपैया प्रति केजी मुल्य रहेको मकैको विउ कृषि सहकारीमार्फत किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको डा. गैरेले वताउनुभयो ।
नुवाकोटको सुहाउदो हावापानी र उत्पादन वृद्धिमा सफल ठहरिएका मनकामना, अरुण र रामपुर कम्पोजिट जातको मकैको बीउ सहकारी सस्था मार्फत किसानलाई प्रतिकिलो ८५ रुपैयाँपर्ने मकैलाई २१ रुपैयाँ ५० पैसामा अनुदान प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा. गैरेले जानकारी दिनुभयो । “गुणस्तरीय बीउ भएमा २० प्रतिशत उत्पादन आफंैमा वृद्धि हुन्छ,” वरिष्ठ कृषि विकास अधिकृत डा. गैरेले भन्नुभयो ।
“किसानले परम्परागत रुपमा लगाउँदै आएको बीउको उत्पादन क्षमता ह्रास आउने हँुदा त्यसलाई परिवर्तन गरी नयाँ बीउ भित्र्याउन सहुलियत दरमा बीउ सहयोग गरेका हांै ।” सहकारी मार्फत वितरण गरेको मकैको बीउमा अरुणको सात हजार पांचसय किलो र रामपुर कम्पोजिट १५ हजार किलोग्राम रहेका छन् ।
मकैको बीउसँगै वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयले जिल्लाको सबै स्थानमा मकैखेती लगाउन उपयुक्त हावापानी रहेको जनाएको छ । यो मौसममा नुवाकोटमा १८ हजार हेक्टर क्षेत्रफलमा मकैखेती लगाउने गरेको वाली विकास अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।
किसान अहिले मकैमा सिंचाई गर्न व्यस्त रहेका छन् । मकैखेती बाह्रैमहिना लगाउन सकिने भएपनि यसका लागि उपयुक्त मौसम अहिले रहेको छ । नुवाकोटमा एक आर्थिक वर्षमा ५४ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेकोमा २५ हजार टन बाहिरी जिल्लामा निर्यात हुने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।