0 COMMENTS

 काठमाडौं३१ जेठ०७४/व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ। सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्किएर राखिएको देखिन्छ। ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्न कै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो।

लामो समयसम्म प्रयोग नगरी थन्क्याएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। आफूसँग भएका गाडी प्रयोग ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो।

खरिद गरिएका १८ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ। बाँकी तीनवटा कार पनि मंगलबार ल्याइएको छ। आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।