0 COMMENTS

लमजुङ बेँसीसहर – लमजुङका व्यावसायिक अलँैची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलँैची भट्टी वितरण गरिएको छ ।

नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम नितिसको सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।