0 COMMENTS

महोतरी ३० जेठ०७४/राजपाका कार्यकर्ताले महोत्तरीमा नेकपा एमालेका सांसद दीपनारायण साह माथि आक्रमणको प्रयास गरेका छन् । उनीहरुले सांसद साह चढेको गाडीमा समेत ढुंगामुढा गरेका छन ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद साह चढेको बा १२च ९६९ नम्बरको गाडीमा औरही गाउँपालिका १ मा जम्मा भएका राजपाका कार्यकर्ताले ढुंगा प्रहार गरी तोडफोड गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी शालिग्राम शर्माले बताएको छ ।

बिहानैदेखि बर्दिबास औरही जलेश्वर सडक खण्डअन्तर्गत औरही बजारमा सडक बन्द गरी बसेका राजपाका कार्यकर्ताले सांसद साह सवार गाडी आएलगतै तोडफोडमा उत्रिएका थिए ।

उनीहरुले सांसद साह मधेसविरोधी पार्टीको सांसद भएको भन्दै तोडफोड गरेका थिए । निर्वाचनको विरोध गर्दै राजपा नेपालले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको छ ।

ढुंगा प्रहारबाट गाडीको ड्राइभर बस्ने सिटतर्फको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शर्माले बताए ।आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट औरहीतिर आउँदै गरेको अवस्थामा घटना भएको उनले बताए । सांसद साह इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।