0 COMMENTS

काठमाडौँ३०जेष्ठ०७४/ प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन् ।आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको भन्दै आएको समाचार र प्रचारमा कुनै सत्यता नरहेको गृहमन्त्री शर्माले बताए ।

मन्त्री शर्माले आफूले गृह मन्त्रालय सम्हालेको एकाध दिन मात्रै भएको र आफूले सबै विषयमा जानकारी नै नलिएको अवस्थामा आफूलाई थाहा नै नभएको विषयमा गरिएको प्रचार सत्य र यथार्थ नभएको स्पष्ट पारे ।

“प्रहरीको सरुवा, बढुवा प्रहरी प्रधान कार्यालयले गर्छ, त्यसमा मन्त्रीले अनावश्यक चासो राख्नुको कुनै अर्थ रहँदैन” उनले भने, “म सरुवा बढुवामा लागेको छैन, म गृह प्रशासन बुझ्दैछु, सुरक्षाको दृष्टिकोणले के गर्ने भन्ने विषयमा सम्बन्धित अधिकारीको अधिकारको विषय हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।