0 COMMENTS

काठमाण्डाै३० जेठ०७४/रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ ।

जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

गत जेठ २६ गते घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको जङ्गली च्याउ खाँदा ४५ वर्षीया ऋषिसरा गाहा र उनकी बुहारी २१ वर्षीया इनमाया गाहा, उनका नाति रुपेश गाहा बिरामी परेका हुन् ।ऋषिसरा र इनमायाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।जङ्गली च्याउ खाँदा रामपुर नगरपालिका–३, गैलुकमा केही समयअघि पाँचजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।