0 COMMENTS

नेपालगंज,२९ जेष्ठ । मुस्लीम समुदायकोे पवित्र रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले कैदीहरुलाई सामुहिक भोजन दान अर्थात इफतार गराएको छ । इफतार कार्यक्रमका प्रमुख अतिथि मो.हारुनले दुनियामा धर्मका नाममा फैलिरहेको हिसां र प्रतिहिंसाले पिरोली रहेका बेला नेपाली मुस्लिम, हिन्दु र अन्य धर्म मान्नेहरु भने बाँकेको कारागारमा बन्दी जीवन बिताई रहेकोले आपसी सदभाव स्थापना गर्न तर्फ लाग्न सबै संग अपिल गर्नु भएको थियो ।

यता कारगारको नाईकेको जिम्मेवारी पाएका राजा खानले आफूहरु रमजानको रोजा निरन्तर बस्दै आएको र समाजिक सदभावका लागि आफूहरु दैनिक नमाज पछि छलफल गर्ने गरेकोले कारागारमा कुनै धार्मिक विवाद नरहेको प्रष्ट पर्दै उनले भने ६०० जना हामी कैदी मध्य २३० जना जति मुस्लिम कैदीहरु मात्र रहे पनि सबै जना संग मिलेर रोजा इफतार गर्ने गरिएको जिकिर गर्नु भएको थियो । हुरीपपका संरक्षक मोहम्मद साबिर खानको अध्यक्षतामा भएको ईफतार कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हल्वाई,प्रेस चौतारीको अनुशासन विभागका केन्द्रीय अध्यक्ष जे.पाण्डे,थर्ड एलायन्सका पश्चिम तराईका उप क्षेत्रीय प्रमुख आलम खान, नेपाल इक्रा एजुकेशनल फाउण्डेसका अध्यक्ष अब्दुल कवि,जामा मस्जिदका उपाध्यक्ष जियाउलहक हल्वाई,मुस्लिम अगुवा मेराज हल्वाई,प्रेस सेन्टरका अध्यक्ष डक्ट प्रसाद धिताल,नेपाल पत्रकार महासंघका निर्वातमान अध्यक्ष रुद्र सुबेदी,रफत संंञ्चार कि अध्यक्ष रंन्जीता ढकाल सहित विभिन्न संचार मध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

बाँके कारगारमा २०० पुरुष र १३ महिला रोजा बस्दै आएका छन् । रोजा इफतार कार्यक्रममा इक्राका अब्दुल कविले रोजाको महात्वमा बारेमा प्रकाश पार्नु भएको थियो । सुरक्षाको कारण देखाउदै प्रहरी पत्रकारहरुलाई इफतारको कुनै पनि प्रकारको फोटो नखिच्न प्रतिबन्द्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।