0 COMMENTS

दोलखा २९, जेठ०७४/दोलखाका नाम्दु र गैरीमुदी क्षेत्र बीचमा केन्द्रबिन्दु भई आज साँझ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।साँझ ५ बजेर ३९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

झन्डै दुई महिना लामो अवधिपछि पुनःअर्को परकम्प गएको हो । यसअघि चैत १० गते सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.२ रिक्टर स्केलको परकम्प गएको थियो । केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा ७.६) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४८२ परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।