0 COMMENTS

अाज भोली मानिसहरु निकै व्यस्त छन् । दिनभर कुर्सीको काम गर्ने पर्ने कारणले ढाड र गर्धन दुख्ने समस्या बढी छ । यही कुरालाई ध्यानमा राखेर चिकित्सक र योग चिकित्सकहरुले कुर्सी योग विधि पत्ता लगाएका छन् । कुर्सीमै बसेर गर्न सकिने भएका कारण मानिसहरुले छोटो समय निकालेर गर्न सक्ने भन्दै उनीहरुले यो व्यायम विधिको ल्याएका हुन् । लामो समय कुर्सीमा बसेर काम गर्दा अल्छी वा थकान महसुस भएमा अफिसमै केही समय कुर्सीयोग गरेमा स्फुर्ती बढ्छ । यो योग कुर्सीमै बसेर गर्न सकिन्छ । हिँड्डुल गर्न नसक्ने, शारीरिक रुपमा अशक्त व्यक्तिका लागि पनि यो हितकारी हुन्छ । यो योगले विभिन्न रोगवाट समेत मुक्ति मिल्छ।
गर्ने तरिका
–पहिला कुर्सीमा सिधा गरी वस्ने अनि श्वास भित्र तानेर दुबै कानको सिधा भागबाट हातलाई अगाडि लगेर हत्केला जोड्ने ।
–दुवै कुमलाई विपरीत दिशातर्फ दबाव दिने ।
– यो योग गर्दा श्वास भित्रवाट तान्ने र फाल्ने ।
–यो क्रिया पाँच पटकसम्म गर्ने ।
फाइदा
–हातलाई आराम मिल्छ ।
–गर्धन दुख्ने निको हुन्छ ।
– कम्प्युटरमा काम गर्नेलाई ढाड दुख्ने समस्या निको हुन्छ ।
–स्फुर्ति बढ्छ ।
– टाउको, हात र घाँटीमा रक्तसञ्चार बढ्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।