0 COMMENTS

काठमाण्डाै२९,जेठ०७४/तुलसीपुर उपमहानगरपालिका –५मा रू. ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले सोमवार यहाँ आयोजित कार्यक्रममा निर्माणाधीन बसपार्क तथा शपिङ कक्ष शिलान्यास गरेका हुन् ।

पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झण्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरू.योजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो । पहिलो चरणमा रू. साढे १० करोडको लगानीमा तयार हुने सो बसपार्कमा रू. नौ करोड नगर विकास कोषको ऋण, रू. एक करोड वैदेशिक अनुदान र रू. ५० लाख उपमहानगरपालिकाले लगानी गर्ने भएको छ ।

बसपार्क भित्र टर्मिनल भवन, ५० ओटा शपिङ कक्ष तथा सार्वजनिक शौचालय निर्माण गरिने र सडकमा कालोपत्रेका साथै सडक बत्तीसमेत जडान हुने कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । पन्ध्र महीनाभित्र काम सम्पन्न गर्ने गरी शिवशक्ति निर्माण कम्पनीलाई कामको जिम्मा दिएको छ । तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यवस्थित बसपार्क नहुँदा निकै समस्या परेको छ । पुरानो बसपार्क वर्षायाममा हिलाम्मे हुने र हिउँदमा धुलोको समस्याका साथै पर्खाल नहुँदा असुरक्षा बढेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।