काठमाण्डाै २९,जेष्ठ २०७४/ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने एक सय २ जनालाई पक्राउ गरेको छ । आईतबार राति बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् । ब्युरोले ती सबैसँग बयान जारी राखेको छ । स्रोतका अनुसार पक्राउ परेकामध्ये १४ जनालाई अनुसन्धानका निम्ती म्याद थप्नका लागि काठमाडौं जिल्ला अदालत लगिंदै छ ।
रमेश मर्हजनलगायतका ब्यक्तिले सञ्चालन गरेको नेटवर्किङ व्यवसायमा प्रत्येकले जनही तीन लाख रुपैयाँसम्म लगानी गरेको देखिएको छ । युनिटी र हर्बोजस्तै पिरामिड आकारको सञ्जाल विस्तार गर्ने र व्यापार गर्ने उद्धेश्य यो समुहले राखेको देखिन्छ । सरकारले नेटवर्किङ व्यवसायलाई गैरकानूनी ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्