0 COMMENTS

रोल्पा२९ जेठ०७४/ रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते लक्ष्मीको उपचारका क्रममा सोमबार विहान भैरहवामा मृत्यु भएको प्रहरी चौकी खुग्रीका प्रहरी सहायक निरीक्षक कमल शाहले बताए ।अभियुक्त गणेशलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मादक पदार्थ सेवन गरेका शाहले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।