0 COMMENTS

बर्दिबास२९जेष्ठ०७४/ महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर घर फर्किने क्रममा बाटो डुगेर बसेका युवाको समूहले युवतीलाई सामूहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेकटर शम्भु पोखरेलले बताउनुभयो ।
‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इन्स्पेक्टर पोखरेलले भन्नुभयो,‘सामूहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएका हौं ।

बालात्कार गरेको आरोपमा गाउँलेले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेकालाई छुटाउन बोलवाला औरही प्रहरी चौकीमा राती साढे ११ बजे पुगेको प्रहरीले जनाएको छ । छुटाउनको लागि ढुंगामुढा गरेपछि अवस्था अनियन्त्रित भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको इन्स्पेक्टर पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ पक्राउ परेकालाई छुटाउन ढुङ्गामुढा गरियो । त्यसपछि पाँच राउण्ड थ्रिनट थ्रि को गोली हवाई फायर गर्नु पर्‍यो । हाम्रो चार जना प्रहरी घाइते भएका छन् ।’ औरहीका स्थानीय रवीन्द्र चौधरीका अनुसार सामूहिक बालात्कारका दोषिलाई कारवाहीको माग गर्दै औरही बजारका व्यपारीले बिहानै देखी बजार बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।