0 COMMENTS

काठमाडौं२९,जेठ०७४/ रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिवार पाँच जना र आइतवार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौंको परीक्षा केन्द्रबाट ६ जना पक्राउ गरीएको प्रहरीले बताएको छ ।

इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा कति सहभागि भए भन्ने पूर्ण विवरण तयार भइनसकेको बताए । काठमाडौं उपत्यकाका २६ ओटा केन्द्रमा बिहान र दिउँसो गरी दुई चरणमा दुई दिन परीक्षा भएको थियो । भाषा परीक्षामा सहभागिमध्ये १० हजार २०० जना मात्र उत्तिर्ण हुनेछन् ।

जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् । ५१ हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।