0 COMMENTS

काठमाडौं २८जेष्ठ०७४/ स्थल, सामन्द्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएर साउदी अरेविया, संयुक्त अरव इमिरेटस, बहराइन र इजिप्टले कतारसँग सम्बन्ध विच्छेद गरेको वेला इरानबाट कम्तिमा पाँच कार्गो विमानबाट खाद्यान्न कतारमा आइपुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार इरानले कतारलाई आवश्यक खाद्यान्न आपूर्ति गर्ने आफनो प्रतिबद्धता अनुसार एक साता भित्र आइतवार दोस्रो पटक खाद्यान्न आपूर्ति गरेको हो ।
‘एउटा कार्गोमा ९० टन रहने गरी पाँच वटा जहाजमा ताजा फलफूल र तरकारी कतार पठाइएको छ । अर्को जहाज पनि आजै पठाइनेछ,’ इरानका हवाई प्रवक्ता शाहरुख नवशाहवादीले भन्नुभयो, ‘माग भएसम्म हामी निरन्तर पठाइरहनेछौ ।’ तीन वटा पानी जहाँजमा तीन सय ५० टन खाद्यान्न कतार पठाउन तयारी अवस्थामा बन्दरगाहमा राखिएको छ । इरानले कतार र छिमेकी मुलुकहरुलाई वार्तामा वस्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।