0 COMMENTS

 उ बोल्छ: के भन्ने तिमीलाई मात्रै पर्छ । तिम्रो मात्रै आसुँ नुनिलो हो अरुको त केवल पानी हो । यो बुझाई बाट जुन दिन सम्म तिमी बाहिर निस्किदैनौ तिम्रो मन कैद गरिएको सुगा भन्दा कम पीडित हुँदैन । यहाँ को छ्पूर्ण सुखी ? यहाँ को छ पूर्ण ? यदी कसैले त्यस्तो भन्छ भने बुझ उस्को छाती भित्र पिडाको मुस्लो छ अनी त्यो मुस्लो छोप्न नक्कली मुस्कान को झुल हाली रहेछ ।

उस्को प्रती उत्तर छ : मैले कहिले त्यस्तो भने मेरो कुर त केवल दु:ख लाई दु:ख भन्न् सक्नु पर्छ भन्ने हो । मलाई थाहा छ मख्मल पनी पोल्ने गरी बिजाउछ सन्तोष नहुँदा। काडाको छेदन पनि प्रिय लाग्छ सुख हुँदा तर मेरो तिमीलाई आग्रह मात्रै हो अली कती आसुँ लिएर हल्का मुस्कान दिने चलन चल्नु पर्‍यो यो शहरमा ।

उ बोल्छ : त्यो त्यस बेला मात्रै सम्भव छ जती बेला तिमी सुन्य मा झर्छौ । त्यस बेला सबै सँग मिल्ने हुनेछौ तिमी कसैले अग अंक थपे पनि अर्थ हुन्छ पछाडि थपे पनि अर्थ हुन्छ ।  तिमी बुझ तिम्रो आसुँको प्रमुख करण तिम्रो अपेक्षा हो जुन तिमी सधैं राख्छौ अनी दुखी बन्छौ । एक पटक तिमी सुन्य बन । अनी हेर को को आउछ्न अंक थप्न अनी अर्थ थप्न । तिम्रो खुट्टा मा घाऊ छ तर तिमी जुत्ता फेरिरहेछौ तिमीले आफु मुनिको जमिन नहेरी क्षितिज को लाली मात्र हेरिरहेछौ आखिर पैतला नचाली क्षितिज कोही पुगेका छैनन । उस्को धारणा छ् : कहिले कही तिमी दर्शन दिन्छौ अनी म त्यस्को भारी बोकेर अक्कर को यात्रा तिर लग्छु ।

सिरन म पुगेर त्यो भारी बिसाउदा तिमी हुन्नौ त्याहा न त तिम्रो दर्शन नै । हुन्छ त  केवल अनुभव को एउटा देउराली जहाँ फुल पाती अर्पन गरिन्छ अनी छोडेर आफ्नो बाटो लागिन्छ ।

उ बोल्छ: प्रत्येक यात्राी सँग आश पालेर देउराली बस्दैन न  त  मान्छे कुरेर हावा नै । स्थिर बनेर पनि बसेको भय संसार तलाउ बन्थ्यो । गती छ सव मा र त हामी छौ यस्ता हजारौं कथा हरु लेखिदै छ्न मान्छे का मन हरुमा अनन्त अनन्त कथाहरु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।