0 COMMENTS

काठमाडौं२८ जेठ०७४/बहुप्रतिक्षित चितवनको भरतपुर काण्ड बारे आज सर्वोच्च अदालतमा बहस नहुने सम्भावना बढेको छ । पुनः चुनाव गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध दर्ता रिट माथि आज दुबै पक्षको बहस सुनेर निर्णय गर्ने भनिएको थियो ।

तर उक्त रिटको क्रमसंख्या ध नम्बरमा परेकाले आज बहस हुने सम्भावना निक्कै न्यून रहेको सर्वोच्च अदालतले जनाएको छ । क देखि बहस शुरु गर्दा ध को पालो नआउने सम्भावना देखिएको हो ।

आज बहस नभएमा भने अव रिटको सुनुवाई पर्सी मात्र हुनेछ । सर्वोच्चमा आइतबार र मंगलबार मात्र रिट माथि बहस हुन्छ । आज उक्त मुद्धा न्यायाधीश विश्वम्वर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा तोकिएको छ ।

रिटको पक्षमा बहस गरेका अधिवक्त टिकाराम भट्टराईले पनि आज बहसको सम्भावना नरहेको बताएका छन् । देसभरका राजनितिक कार्यकर्ताको आखा सर्बोच्च अदालत तिर भएपनि आज पालो आउन नसक्ने उनले बताएका छन् । मुद्धाको क्रम संख्या ध अर्थात १९ नम्बरमा रहेकाले आज पालो आउन नसक्ने भट्राईले बताए ।

बहसका लागि आज पक्ष र विपक्ष दुबै पक्षलाई बोलाइएको छ । भरतपुरको १९ नम्बर वडामा गणना गर्दै गर्दा ९० वटा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले त्यो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय विरुद्ध नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेपछि यो विषय झन चर्चा बटुल्ल सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।