0 COMMENTS

काठमाडौं२८ जेठ०७४/ संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो।

संसदका पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चाल्नुपरेको हो।

नागरिक दैनिकका अनुसार, संघीय संसद्का पदाधिकारी तथा सदस्को पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ को उपदफा २ मा सांसद र पदाधिकारीले आवास सुविधाबापत रकम पाउने व्यवस्था छ । तर काठमाडौं उपत्यकामा घर हुने संसद्का पदाधिकारी वा सदस्यलाई भने आवास मर्मत र सम्भारवापत सो उपदफा बमोजिम रकमको आधा दिइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।