0 COMMENTS

काठमाडौं२७ जेठ ०७४/ राजधानीको नयाँबजारस्थित एक मिठाई पसलमा आगलागी भएको छ । शनिबार दिउँसो मेडिकल चोकस्थित शान्त श्रेष्ठको घरमा सञ्चालित जनक धमलाको मिठाई पसलमा आगलागी भएको हो । मिठाई पसलमा एउटा ग्यास सकिएपछि अर्को नयाँ सिलिन्डर परिवर्तन गर्ने क्रममा एक्कासि आगलागी हुन पुगेको बताइएको छ ।

आगलागीबाट दुई ओटा सिडिन्डर पड्किन पुगेको र घरको दुई तलासम्म क्षति पुगेको महानगरीय प्रहरी बृत्त लैनचौरका डिएसपी सोमेन्द्र राठोरले जानकारी दिए ।उनले स्थानीयको सक्रियतामा आलगागी नियन्त्रणमा लिइएको भन्दै अनुमानित ३० लाख बराबरको क्षति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।