0 COMMENTS

राजविराज२७जेष्ठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै केही मधेसवादी नेता र मधेसवादी राजनीतिक दलले मधेसलाई धोका दिएको आरोप लगाउनुभयो ।

सोही पार्टीका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरेमा मधेसी जनताले त्यसको व्यापक विरोध गर्दै आन्दोलनमा जाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।