0 COMMENTS

झापा२७,जेष्ठ०७४/ दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी ९ वर्षीया छोरी गंगा दाहालको छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको खुलासा भएको छ ।

इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

उनलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । मृतक बालिका स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा–२ मा अध्ययन गर्दै थिइन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।