0 COMMENTS

काठमाडौं, २७ जेठ ०७४/निर्वाचन आयोगले स्थानीय निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई सो नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ ।

दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन शुक्रबार उक्त समयसिमा तोकेको हो ।

पदाधिकारीको नाम थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।