0 COMMENTS

काठमाडौं २६, जेठ०७४/ स्थानीय तहको चुनावलाई लिएर अझै अनिर्णित बनेको राष्ट्रिय जनता पार्टीले संविधान संसोधन नभई चुनाव हुन नदिने अडान दोहोर्याएको छ ।

आज संसद बैठकमा बोल्दै राजपाका नेता महिन्द्र राय यादवले सरकारले माग पूरा गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । आफूहरु संविधान मान्न तयार नभएको भन्दै यादवले भने, हामीसँग सरकारले गरेको ३ बुँदे सम्भौता अनुसार संविधान संसोधन गरेमात्रै चुनावमा जान सकिन्छ ।

सरकारले मधेशमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने, शहिद घोषणा, घाइतेको क्षतिपूर्ति र जेलमा रहेका कार्यकर्ता रिहाइमा पनि सरकारले चासो नदिएको यादवले बताए ।आफूहरु चुनावमा जान तयार रहेको भन्दै यादवले सरकारले वातावरण नबनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।