0 COMMENTS

काठमाण्डाै२६जेष्ठ०७४/ गत सोमबार छिमेकीको मेलापात सकेर वैत्येश्वर गाउँपालिका नाम्दुकी ३४ वर्षिया उर्मिला तामाङ घर फकिइन्। दुई दिनदेखि लगातारको मेलापातले लखतरान उनले कान्छो छोरा अमिरलाई गाउँ नजिकैको नाम्दु बजारमा मासु किन्न पठाइन्। छोरा मासु बोकेर फर्किए र लेखपढतिर लागे।उर्मिला खाना बसालेर मासु पकाउने तर्खर गर्न थालिन्। अँगेनामा कराई बसालिन। तेल हालिन्। प्याज काट्दै थिइन्। यतिकैमा श्रीमान कुमार रक्सीले मातेर हल्लिँदै घर भित्र पसे। भान्सामा प्याज काट्दै गरेकी श्रीमतीलाई तथानाम गाली गरे।
त्यती मात्र होइन, केही बेरपछि श्रीमान् अँगेनातिर बढे। तातो कराई उचाले। तातिएको तेल उर्मिलाको अनुहार तिर खन्याइदिए। तातो तेल अनुहारमा परेकी उर्मिला चिच्याइन्। उनको चित्कारमाथि श्रीमान् अझ बढी क्रुर देखिए। उनी आगो झोस्ने तयारी गर्दै थिए। यतिकैमा छिमेकी घरका देवर र देउरानी काका ससुरा आइपुगे। उनीहरुले उर्मिलालाई उद्धार गरी मैनापोखरी बजारतर्फ लिएर गए। त्यहाँ उनको उपचार हुन नसकेपछि उनलाई राजधानी पठाइएको छ।

बिहिबार साँझ राजधानीस्थित टिचिङ अस्पतालबाट टेलिफोनमा कुरा गर्न खोज्दा उर्मिलाका गला अवरुद्ध भए। पोलेका घाउका कारण रुदै राम्ररी बोल्न नसकेकी उनले न्यायका लागि अपिल गरिन्। दिनहुँजसो रक्सी सेवन गरेर आउने र श्रीमतीमाथि हातपात गर्ने गरेका कुमार सोमबार तेल खन्याएपछि फरार छन्। उनले उर्मिलाको उद्धार गर्ने काका ससुराको छोरासहितका छिमेकीलाई फोनबाट धम्की दिइरहेको उर्मिलाका दाजु अमित तामाङले बताए।

उर्मिलाको राजधानीको शिक्षण अस्पतालको सर्जिकल वार्डको ३७ नम्बर बेडमा उपचार भइरहेको छ। तातो तेलका कारण अनुहार र छातीमा लागेको चोटले उर्मिला घाईतेसँगै विक्षिप्त छिन्। उनको चोटमा चिकित्सकले मल्हम दिएका छन्।१९ बर्षको उमेरमा विवाह गरेकी उनको दुई छोरा र एक छोरी छन्। गत वर्ष एसएलसी दिएपछि जेठो छोरो सागर कलेज पढ्न राजधानी गएका थिए। उनी कान्छो छोरा र कान्छी छोरीसँगै गाउँमै बसेर गुजारा चलाउँदै आएकी थिइन्। बाबुले आमालाई लामो समयदेखि दुःख दिने गरेको र कुटपिट गर्ने गरेको छोरा सागरले सुनाए।

उर्मिलाका दाई अमितले भिनाजु कुमारले बाहिर केटीसँग सम्बन्ध राख्ने गरेको र अत्यधिक मादक पदार्थ सेवन गरेर बहिनीलाई दिनहुँ जसो कुटपिट गर्ने गरेको दाबी गरेका छन्। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले फरार रहेका उर्मिलाका श्रीमान् खोजी गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए। ‘खोजीका लागी प्रहरी परिचालन गरिसकिएको छ’ उनले भने, ‘प्रहरीले छ्टिटै पक्राउ गर्नेछ।’अाजकाे नागरीक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।