0 COMMENTS

यूक्रेन, जेठ २५ / बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्फोट गराइएको छ । विष्पोटमा कुनै मानवीय क्षती नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले जनाएको छ ।

प्रहरीले विज्ञप्ति जारी गगर्दै भनेको छ, ‘एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको कार्यालय परिसरमा स्थानीय समय अनुसार बुधबार मध्यरात (ग्रीनवीच समय अनुसार वुधबार ९ः०० बजे) फालेका र तत्कालै विष्फोट भएको थियो ।’

यूक्रेन सरकारले घटना आतङ्कबादी हमला भएको हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

गत मार्चमा पनि यूक्रेनको पश्चिमी शहर लुट्स्कमा पोलाण्डका बाणिज्यदूतमाथि अपरिचित आक्रमणकारीले हमला गरेका थिए तर हमलाबाट उनी सकुशल उम्किन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।