0 COMMENTS

काठमाडौं, २५ जेठ ०७४/ मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ ।

युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्ट सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो ।

नेपालबाट भारत, कोलम्बीय, टर्की पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए । – कान्तिपुर दैनिक

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।